Pura Samachar

इटालीबाट अमृतसर विमानस्थलमा अवतरण गरेको विमानमा सवार १२५ यात्रुमा संक्रमण

प्रकाशित: January 6, 2022
पूरा समाचार

इटालीबाट अमृतसर विमानस्थलमा अवतरण गरेको विमानमा सवार १२५ यात्रुमा संक्रमण

भारतमा एउटै फ्लाइटमा आएका १२५ यात्रुमा कोरोना संक्रमण देखिएको छ।

बिहीबार एउटै फ्लाइटमा सवार १२५ यात्रुमा संक्रमण पुष्टि भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
इटालीबाट अमृतसर विमानस्थलमा अवतरण गरेको विमानमा सवार यात्रुमा संक्रमण देखिएको विमानस्थलका निर्देशक भिके सेठले बताए। सो विमान चार्टर्ड गरिएको थियो।

त्यसमा १७९ जना सवार थिए।
जसमध्ये १६० जनाको अवतरणपछि परीक्षण गरिएको थियो। बाँकी १९ जना बालबालिका भएको कारण उनीहरूको परीक्षण नगरिएको निर्देशक सेठले बताए।

‘इटालीबाट अमृतसर अवतरण गरेको चार्टर्ड विमानमा १७९ जना सवार थिए। त्यसमध्ये १६० जनाको अवतरणपछि कोरोना परीक्षण गरिएको थियो र १२५ जनामा संक्रमण पुष्टि भएको छ। बाँकी १९ जना बालबालिकाहरू थिए,’ सेठले भने

प्रतिक्रिया