Pura Samachar

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक

प्रकाशित: January 6, 2022
पूरा समाचार

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक

काठमाडौँ / सरकारले पुस २१ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ ।

निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जापानी येन १० विलियन अर्थात करिब १० अर्ब ३९ करोड नीतिगत ऋण सहायता स्वीकार गर्ने बताए ।

सरकारले आर्थिक बृद्धि तथा उत्थानशीलताका लागि जापान सरकारबाट उक्त ऋण सहायाता प्राप्त गरेको हो । 

त्यस्तै, सरकारले आर्थिक बर्ष २०७८/७९ को लागि उखुको मूल्य निर्धारण गरेको छ । जसअनुसार उखुको न्यूनतम खरिद मूल्य प्रति क्वीण्टल २५० रुपैयाँ तोकिएको छ । 

त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागाके अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा यदुलाल खरेललाई बढुवा गरिएको छ । सरकारले उनलाई पुस २३ गतेदेखि लागू हुने गरी मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको हो । 

प्रतिक्रिया