
काठमाडौं, पुस २२ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा साढे ४ बजे शीतलनिवास पुगेका थिए। राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता नियमित भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रधानमन्त्री देउवा आउने आइतबार भारत भ्रमणमा जाने तयारीमा थिए। तर त्यहाँ आयोजना हुने कार्यक्रम नै रद्द भएपछि देउवाको भ्रमण स्थगित भएको छ। हाललाई भारत भ्रमण नगर्ने भएपछि प्रधानमन्त्री देउवाले भेटघाटसहित अन्य कार्यक्रमलाई निरन्तरता दिएको जनाइएको छ।
प्रतिक्रिया