Pura Samachar

नागालैंडमा एलर्ट अफ्रिकन स्वाइन फिभर फैलिएको खबर

प्रकाशित: January 6, 2022
पूरा समाचार

नागालैंडमा एलर्ट  अफ्रिकन स्वाइन फिभर फैलिएको खबर

डा. हरिमोहन पोखरेल

कोहिमा /नागालैंडमा पनि अफ्रिकन स्वाइन फिभर फैलिएको समाचार प्राप्त भएको छ ।
राज्यको पशुपालन विभाग द्वारा जारी विज्ञप्ति अनुसार मकोकचुङ र फेक जिल्लाका केही गाउँहरूमा भने सुँगुरहरू अचानक मरेको खबरले यो जानकारीमा आएको समाचारले जनाएको छ ।समाचार अनुसार राज्यको कुनै पनि ठाउँमा यदि सुँगुर तथा अन्य कुनै पनि जीव -जन्तु मरेको पाइएमा नजदीकी भेटेरिनरी स्वास्थ्य केन्द्रमा सूचना दिनुपर्ने कुरा पनि विज्ञप्तिले स्पष्ट पारेको छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि विशेष गरेर मकोकचुङ र फेक जिल्लामा भने कुनै पनि बाहिरको मानिसहरू आवत -जावत लगायत बुच्चरखाना आदिहरू तुरुन्तै बंद गरिएको छ ।
हेर्दै जाऔ कहिले सम्ममा स्वाइन फिभर सकिने हो ।त्यो त आउने भविष्य नै बताउला ।

प्रतिक्रिया