
काठमाडौं ।
भारतसँगको टेष्ट सिरिजको दोस्रो खेलमा घरेलु टोली टोली दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको छ । द. अफ्रिकाको यो ऐतिहासिक जित हो । यसअघि, जोहान्सबर्गको मैदानमा उसलेले २४० रनभन्दा माथिको लक्ष्य पूरा गरेको थिएन ।
साथै, भारतले यो मैदानमा हालसम्म एक टेष्ट पनि गुमाएको थिएन । यो जितसँगै द. अफ्रिकाले तीन खेलको श्रृंखला १-१ को बराबरीमा ल्याएको छ । पहिलो खेलमा ऊ ११३ रनले पराजित भएको थियो । सिरिजको दोस्रो खेलमा भारतले दिएको २४० रनको लक्ष्य दक्षिण अफ्रिकाले एक दिन बाँकी रहँदै पूरा गर्यो ।
उसका लागि कप्तान डिन एल्गरले शानदार पारी खेले । उनले १८८ बलमा १० चौकासहित अविजित ९६ रनको योगदान दिए । त्यस्तै, रस्सीभानदर दुसेनले ४०, एडन माक्रमले ३१, कीगन पीटरसनले २८ र तेम्बा बावुमाले नटआउट २३ रन बनाए । बलिङमा रविचन्द्रन आश्विन, मोहम्मद शामी र शार्दुल ठाकुरले एक/एक विकेट लिए ।
पहिलो पारीमा दक्षिण अफ्रिका २२९ रनमा अलआउट भएको थियो । उसले पहिलो पारीमा २७ रनको अग्रता बनाएको थियो । दक्षिण अफ्रिकाका लागि पहिलो पारीमा कीगन पीटरसनले ६२, तेम्बा बावुमाले ५१, कप्तान डिन एल्गरले २८, कायल भेयर्ने, मार्को जेन्सन र केशव महाराजले २१/२१ रन बनाए ।
बलिङमा शार्दुल ठाकुरले १७.५ ओभरमा ३ ओभर मेडनसहित ६१ रन दिएर सर्वाधिक ७ विकेट लिए । टेष्ट करियरमा उनको यो हालसम्मकै उत्कृष्ट बलिङ हो । यसअघि यो प्रारूपमा शार्दुलको उच्च बलिङ प्रदर्शन ६१ रन दिएर ४ विकेट लिनु थियो । त्यस्तै, मोहम्मद शामीले दुई र जसप्रित बुमराहले एक विकेट हात पारे ।
भारतीट टोली २०२ रनमा अलआउट भएको थियो । उसका लागि कप्तान केएल राहुलले मात्र अर्धशतकीय पारी खेल्न सके । उनले १३३ बलमा ९ चौकासहित सर्वाधिक ५० रन बनाए । विराट कोहलीको अनुपस्थितिमा दोस्रो टेष्टमा राहुलले कप्तानी सम्हालको थिए ।
त्यस्तै, रविचन्द्रन आश्विनले ४४, मयंक अग्रवालले २६, हनुमा बिहारीले २० र ऋषभ पन्तले १७ रनको योगदान दिए । जसप्रित बुमराहले ११ बलमा एक छक्का र दुई चौकासहित अविजित १४ रन रन बनाए । अजिंक्य रहाणे (शून्य) र चेतेश्वर पुजारा (तीन), शार्दुल ठाकुर (शून्य) र मोहम्मद शामी (९) भने दोहोरो अंकमा समेत रन जोड्न नपाउँदै आउट भए ।
बलिङमा मार्को जेनसनले चार, कागिसो रबाडा र दाउने ओलिभियरले तीन/तीन विकेट लिए । दोस्रो पारीमा भारतीय टोली २६६ रनमा समेटियो । उसका लागि दोस्रो इनिङ्समा अजिंक्य रहाणेले ५८, चेतेश्वर पुजाराले ५३, हुनुमा बिहारीले अविजित ४०, शार्दुल ठाकुरले २८, मयंक अग्रवालले २३ र रविचन्द्रन आश्विनले १६ रन बनाए ।
बलिङमा मार्को जेन्सन, कागिसो रबाडा, लुंगी एन्गिडीले तीन/तीन र दाउने ओलिभियरले एक विकेट लिए ।दक्षिण अफ्रिका र भारतबीचको अन्तिम तथा निर्णायक म्याच ११ जनवरीदेखि सुरु हुनेछ ।
प्रतिक्रिया