Pura Samachar

ए डिभिजन लिगमा जावलाखेल युथ क्लब र एपिएफ फुटबल क्लबले बराबरी

प्रकाशित: January 8, 2022
पूरा समाचार

ए डिभिजन लिगमा जावलाखेल युथ क्लब र एपिएफ फुटबल क्लबले बराबरी

डिभिजन लिगः जावलाखेल र एपीएफ बिच बराबरी
सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लब र एपिएफ फुटबल क्लबले बराबरी खेलेका छन्।

लिगको आठौं चरणमा जावलाखेल र एपीएफ बिचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो। खेलमा दुबै टोलीले गोल गर्ने पर्याप्त अवसरहरु सिर्जना गरेपनि गोल भने गर्न सकेनन्।

खेलको आठौं मिनेटमा प्रदिप लामा प्रहार गर्न उत्कृष्ट स्थानमा रहेपनि आफ्ना स्ट्राइकर आशिष् लामालाई पास दिन खोज्दा जावलाखेलका कप्तान कुलदिपले अवरोध गर्दै खतरा टारिदिए।

नवौं मिनेटमा आशिषको सशक्त प्रहार जावलाखेलको पोस्टबाट थोरैमात्र बाहिरियो। १६औं मिनेटमा ओन्गुना जुनियरले पोस्ट नजिकैबाट गरेको प्रयासलाई सबिन थापाले ’स्लाइड’ गर्दै जोगाएपछि जावलाखेलको ठूलो मौका खेर गयो।

६२औं मिनेटमा सुनिल खड्काको क्रसमा ओन्गुना जुनियरले राम्रो स्थानबाट गरेको हेडर बारभन्दा थोरैमात्र माथि रह्यो। ८४औं मिनेटमा जावलाखेलका टिकेन्द्रले उत्कृष्ट ’रियाक्सन सेभ’ गर्दै एपीएफलाई विफल पारिदिएका थिए।

यस् बराबरीसँगै जावलाखेलको ८ र एपीएफको ७ अंक भएको छ। जावलाखेल र एपीएफ क्रमशः नवौं र दसौं स्थानमा छन्।

प्रतिक्रिया