Pura Samachar

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन रचटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावाना

प्रकाशित: January 8, 2022
पूरा समाचार

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन रचटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावाना

काठमाडाैं । शनिवार देशका सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण वदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन रचटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावाना रही बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, शनिवार राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशमा सामान्य वदली रही प्रदेश न १, प्रदेश न २ र लुम्विनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ।

देशका सुदूरपश्चिम प्रदेशका केही स्थानहरु र कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन रचटयाङ सहित हल्का वर्षाको सम्भावाना रहनुको साथै बाँकी प्रदेशहरुका एक(दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया