
रौतहट । सशस्त्र प्रहरीले स्राेत नखुलेको चाैध लाख पचास हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
रौतहटको ईशनाथ नगरपालिका २ औरैयास्थित नेपाल भारत सीमा क्षेत्रको मनमोहन गेटबाट प्रहरीले स्राेत नखुलेको १४ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ पिजी ८०६६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्राेत नखुलेको रकमसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारण जिल्ला तेलहराकला ७ का ३९ वर्षीय सञ्जय कुमार जयसवाल रहेको ११ नम्बर गणका गणपति उपरीक्षक सूर्यसेन वलीले जानकारी दिनुभयो ।
बरामद भएको नगदसहितको व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको उपरीक्षक ओलीले बताउनुभयो ।
सिमावती जिल्ला भएको कारण भारतबाट स्राेत नखुलेका रकम नेपाल भित्रिने गर्छन् । भित्रिएको पैसा देशका विभिन्न जिल्लामा पठाइन्छ । जहाँ पहिलैदेखि एजेन्ट बस्ने गर्छन् । विद्यालय पढी रहेका युवकलाई पैसाको प्रलोभन दिइ उनीहरूमार्फत स्राेत खुलाइ बैंक एकान्टमा जम्मा गर्ने गरेका छन् ।
प्रतिक्रिया