Pura Samachar

मकर संक्रान्तिको दिन हरिद्वारमा गंगा स्नान गर्न प्रतिबन्ध

प्रकाशित: January 11, 2022
पूरा समाचार

मकर संक्रान्तिको दिन हरिद्वारमा गंगा स्नान गर्न प्रतिबन्ध

कोरोना र ओमिक्रोन भेरियन्टको संक्रमणका कारण देश तेस्रो लहरको सामना गरिरहेको छ । अब मकर संक्रान्तिमा भक्तजनले हरकी पौरीमा स्नान गर्न नपाउने भएका छन् । त्यस दिन हरकी पौरी क्षेत्रमा कसैलाई पनि प्रवेश गर्न दिइने छैन।उत्तराखण्डमा पनि कोरोनालाई लिएर कडाई गरिएको छ । मकर संक्रान्तिमा जनवरी १४ मा हरिद्वारमा गंगा स्नानमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।बाहिरी राज्य र अन्य जिल्लाहरूबाट आउने भक्तहरूलाई पनि अनुमति दिइएको छैन। मकर संक्रान्तिमा मानिसहरु जम्मा हुन नदिनका लागि मात्रै नुहाउन प्रतिबन्ध लगाइएको छ ।

यही कारणले गर्दा भारत सरकारको दिशानिर्देश अनुसार जनवरी १६ मा सार्वजनिक समारोह, कार्यक्रम, मनोरञ्जन, शैक्षिक सांस्कृतिक गतिविधिमा प्रतिबन्ध लगाइएको छ । सरकारको आदेश पालना नगर्नेलाई पनि महामारी ऐन अन्तर्गत कारबाही गरिने छ ।

उत्तराखण्डमा पनि कोरोना तिब्र गतिमा फैलिरहेको छ । त्यहाँ आज एक हजार २ सय ९२ नयाँ कोरोना संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको संख्या ५ सय ९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाको प्रकोप देखिएको छ ।

प्रतिक्रिया