Pura Samachar

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सिंहदरबार अगाडि रहेको उनको शालिकमा माल्यार्पण

प्रकाशित: January 11, 2022
पूरा समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा  सिंहदरबार अगाडि रहेको उनको शालिकमा माल्यार्पण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सिंहदरबार अगाडि रहेको उनको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

३०० औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले मंगलबार सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको हो ।

पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पणपछि राष्ट्रपति भण्डारी काजी कालु पाण्डेको शालिकमा माल्यार्पण गर्न दहचोक जाने कार्यक्रम रहेको छ।

यस्तै आजै पूर्वराजा ज्ञानेन्द्र शाह साढे १२ बजे सिंहदरबार अगाडि पुगेर पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया