Pura Samachar

पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा

प्रकाशित: January 11, 2022
पूरा समाचार

पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा

काठमाडौं । कैलालीको गेटामा सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ।

महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमकालागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो ।

मन्त्री आले चढेको सुप प्रदेस ०१ ०० १ झ ३३३ गाडिलाइ बा ४ च १३७७ नम्बरको गाडिले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिश्व अधिकारीले पुष्टि गरेका छन् ।

धनगढी बिमानस्थलबाट मेन रोड क्रस गर्दै गरेको अवस्थामा आलेको गाडिलाइ सो गाडिले ठक्कर दिएको हो। गाइलाइ ठक्कर दिएर अनियंत्रित भएको कारले आलेको गाडिलाइ पनी ठक्कर दिएको प्रहरीले बताएको छ ।

मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगरमा प्रस्थान गरेका हुन् । ठक्कर दिने गाडिमा सवार सबै सकुसल जनाइएको छ । गाडी चालक प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया