Pura Samachar

त्रिवि शिक्षण अस्पताल महाराजगंञ्जमा कार्यरत ६० जना चिकित्सक र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

प्रकाशित: January 13, 2022
पूरा समाचार

त्रिवि शिक्षण अस्पताल महाराजगंञ्जमा कार्यरत ६० जना चिकित्सक र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगंञ्जमा कार्यरत ६० जना चिकित्सक र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु अहिले होम आइसोलेनमा रहेको बताइएको छ ।

संक्रमण पुष्टि भएपनि धरैलाई लक्षण नदेखिएको बताइएको छ ।चिकित्सकहरुलाई कोरोना संक्रमित भएपछि अस्पतालको सेवा प्रभावित भएको अस्पतालका निर्देशक दिनेश काफ्लेले बताए ।

स्वास्थ्यकर्मीहरु विरामी मार्फत कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।त्यहाँ अहिले ३५ जनाभन्दा बढी कोरोना संक्रमित उपचाररत रहेका छन् ।

प्रतिक्रिया