
डा. हरिमोहन पोखरेल
कोहिमा /नागालैंड राज्यको शिक्षा विभाग द्वारा 15 –18 वर्षको नानीहरूको लागि एउटा स्पेशल भ्याकशिनेसन ड्राइभर आजबाट राज्यको जम्मै पंद्रहवटा जिल्लाहरूमा शूरू गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार कोरोनाको तेस्रो लहरको रूपमा आएको ओमिकरोम भेरियंटको खतराबाट बाँच्नको लागि अनिवार्य रूपमा नानीहरूले भ्याकशिनेसन गरिनु पर्ने कुरा पनि विभागका निर्देशकले जनाएका छन ।
उनले प्रेसलाई बताए कि सबै सरकारी तथा गैर सरकारी स्कूलहरूमा पढ्ने विद्यार्थीहरूलाई अनिवार्य रूपमा आफ्नो छेउको स्वास्थ्य केन्द्रमा गएर लगाउनु पर्ने छ ।
उनले अगाडि भने कि यस अभियानलाई सफल बनाउनको लागि सक्रिय रूपमा अभिभावकहरूले अगाडि आउनुपर्छ र सफल हुन सक्छ ।
एउटा विश्वसनीय सूत्रबाट प्राप्त समाचार अनुसार राज्यको स्वास्थ्य विभागले जनायो कि यस अभियानलाई साकार गराउन सबै वर्गबाट सहयोग गरिनु पर्ने साथै मुख्य भूमिका भने अभिभावकको रहने बताएका छन ।
हेर्दै जाऔ सरकारले उठाएको कदमले अवश्य पनि साकार रूप पाउला कि नपाउला यो एउटा प्रश्न चिन्ह नै बनेर रहने छ ।
प्रतिक्रिया