
काठमाडौं । निर्वाचन आयोगले शुक्रबारका लागि सर्वदलिय बैठक बोलाएको छ ।
आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचन र स्थानीय निर्वाचनको तयारीबारेमा छलफलका लागि आयोगले बैठक बोलाएको हो ।
आगामी स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सरकारलाई बैशाख १४ र २२ गते निर्वाचन गर्न मिति प्रस्ताव गरेको छ । तर, सरकारले प्रस्तावित मितिमा कुनै प्रतिक्रिया दिएको छैन ।
संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा बोलाइएको छ ।
प्रतिक्रिया