Pura Samachar

सिटीले चेल्सीलाई १–० ले पराजित

प्रकाशित: January 16, 2022
पूरा समाचार

सिटीले चेल्सीलाई १–० ले पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता लिन सफल भएको छ । दोस्रो स्थानमा रहेको चेल्सीलाई पराजित गर्दै सिटीले शीर्षस्थानमा फराकिलो अंकको अग्रता लिन सफल भएको हो ।

घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले चेल्सीलाई १–० ले पराजित गरेको हो । सिटीको जितमा मिडफिल्डर केभिन डि ब्रुयनले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७०औं मिनेटमा जोओ क्यान्सेलोको पासमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले केही सुन्दर अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् ।

सिटीले पछिल्लो तीन खेलपछि चेल्सीलाई पराजित गरेको हो । ३ जनवरी २०२१ मा ३–१ को जित निकालेयता सिटीले सबै तीन खेलमा हार बेहोरेको थियो ।

शीर्षस्थानको सिटीसँगको हारसँगै चेल्सीले अंक तालिकामा सुधार गर्न सकेन । १३ अंकले पछि परेको चेल्सीको उपाधि होडसमेत कमजोर बन्न पुगेको छ । जितसँगै सिटी भने उपाधितर्फ लम्किएको छ ।

यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको २२ खेलबाट ५६ अंक पुगेको छ । पराजित चेल्सीको समान खेलबाटै ४३ अंक छ ।

प्रतिक्रिया