
डा. हरिमोहन पोखरेल
कोहिमा /नागालैंड राज्यमा प्रतिदिन बढी रहेको कोरोनाको बढ्दो चिन्तालाई लिएर जिल्ला प्रशासनप्रशासनले बैठक गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार जिला उपायुक्त ग्रेगरी थेजाखोलेको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा कोविद वार रूमको कतिपय सरसामानको कमी कमजोरी लगायत डिस्ट्रिक्ट टास्क फोर्सले उठाउनुपर्ने कतिपय कदम बारे पनि व्यापक रुपमा छलफल भएको जानकारी गराए ।
उपायुक्तले निरंतर बढ्दै गरेको कोरोनाको प्रकोपमा पनि आम मानिसहरूले माॅकसको प्रयोग निरंतर रूपमा जीवनमा उतारने तथा सामाजिक दूरी र सेनिटाइजरको पनि प्रयोग गरिनुपर्ने कुरामा पनि जोड दिए ।
उनले भने कि प्रत्येक मानिसहरूले जागरूक हुन जरूरी देखिन्छ तब मात्र कोरोनाबाट विजयी हुन सकिन्छ ।
बैठकमा व्यापक रूपमा विचार विमर्श गरेको र कोविदको प्रोटोकल भने प्रत्येक मानिसहरूले गर्न अनिवार्य रूपमा गरिनुपर्ने आम सहमति बनेको कुरा गर्दै बैठकको समापन भएको कुरा पनि उपायुक्तले प्रेसलाई बताए ।
स्मरण रहोस् हिजोकै दिन राज्यका पंद्रहवटा जिल्लाहरूमा यस प्रकारको बैठक संपन्न भएको थियो ।
प्रतिक्रिया