Pura Samachar

राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

प्रकाशित: January 16, 2022
पूरा समाचार

राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

काठमाडौँ / राष्ट्रियसभाको यही माघ ३ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगन भएको छ ।

संघीय संसदका महासचिव डा.भरत गौतमले आज (आइतबार) सूचना जारी गर्दै माघ ३ गते सोमबार १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् ।

महासचिव गौतमले विशेष कारणबस बैठक बस्न नसक्ने जनाएका छन् । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगन भएको सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए।

प्रतिक्रिया