Pura Samachar

आइतबार राति इन्टर मिलान एटलान्टासँग गोलरहित बराबरीमा

प्रकाशित: January 17, 2022
पूरा समाचार

आइतबार राति इन्टर मिलान एटलान्टासँग गोलरहित बराबरीमा

काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा जारी सिजन पहिलो पटक गोल गर्न नसकेको खेलमो आइतबार राति एटलान्टासँग गोलरहित बराबरी खेलेको छ ।

एटलान्टाको घरेलु मैदानमा दुबै टोलीले गोलका थुप्रै अवसर सिर्जना गरेका थिए । तर, सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाए । यससँगै इन्टरको आठ खेलसम्मको विजयी यात्रामा पूर्णविराम लागेको छ । यससँगै साविक विजेता इन्टरले शीर्ष स्थनमा चार अंकको अग्रता लिने मौका पनि गुमाएको छ ।

२१ खेलबाट ५० अंकका साथ इन्टर शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको एसी मिलानभन्दा दुई अंकले माथि छ भने तेस्रो स्थानको नापोलीभन्दा सात अंकले अगाडि छ । इन्टरभन्दा आठ अंकले पछाडि रहेको एटलान्टा चौथो स्थानमा छ ।

इन्टर पछिल्लोपटक लिगमा २३ जनवरी २०२१ मा युडिनेसविरुद्ध गोल गर्न असफल भएको थियो । उक्त खेलमा पनि इन्टर गोलरहित बराबरीमा रोकिएको थियो ।

प्रतिक्रिया