Pura Samachar

सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोक शाहीलाई बर्खास्त

प्रकाशित: January 20, 2022
पूरा समाचार

सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोक शाहीलाई बर्खास्त

काठमाडौँ । जंगी अड्डाले सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोक शाहीलाई बर्खास्त गरेको छ।

सैनिक आचरण विपरित कार्य गरेपछि उनलाई सैनिक ऐन अनुसार बर्खास्त गरेको बताइएको छ ।

सेनानी शाहीले मदिरा सेवन गरेको, होटल पुगेर ग्राहक र सर्वसाधरणसँग झगडा गरेको आरोप लागेपछि घटनाको अनुसन्धानका लागि तत्काल कोर्ट अफ इन्क्वाइरी गठन भएको थियो ।

सोहि समितिको प्रतिवेदनका आधारमा उनलाई सेवाबाट हटाएको हो। उक्त समयमा सेनानी शाहीको साथमा हतियार पनि रहेको थियो।

प्रतिक्रिया