Pura Samachar

सुनचाँदीको मूल्य बढयो

प्रकाशित: January 20, 2022
पूरा समाचार

सुनचाँदीको मूल्य बढयो

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १ हजार रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य बुधबार प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले बढेर १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया