Pura Samachar

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

प्रकाशित: January 21, 2022
पूरा समाचार

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ ।

विभागले एक सूचना जारी गर्दै कोभिड- १९ संक्रमणका कारण परीक्षा स्थगित गरिएको जनाएको छ । २०७७ साल चैत १६ गते भन्सार एजेन्टको इजाजतपत्रहरूको लागि दरखास्त आवेदन माग गरेको थियो । त्यसपछि २०७८ जेठमा तोकिएको परिक्षा पनि कोरोनाका कारण स्थगित भएको थियो । यस पटक भने आगामी माघ २९ गते परिक्षा गर्ने तयारी विभागको थियो ।

प्रतिक्रिया