Pura Samachar

आज बोलाएको सर्वदलीय बैठक स्थगित

प्रकाशित: January 22, 2022
पूरा समाचार

आज बोलाएको सर्वदलीय बैठक स्थगित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ ।

हिजो गठबन्धनका केही नेता र प्रधानमन्त्रीको सचिवालयले आज बैठक बस्ने बताएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित हुने भएपछि बैठक रोकिएको हुनसक्ने बुझिएको छ । बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने भनिएको थियो ।

प्रतिक्रिया