Pura Samachar

पुष्पकमल दाहाल प्रचण्डकी पत्नि सीता दाहाललाई कोरोना संक्रमण

प्रकाशित: January 23, 2022
पूरा समाचार

पुष्पकमल दाहाल प्रचण्डकी पत्नि सीता दाहाललाई कोरोना संक्रमण

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नि सीता दाहाललाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण भएपछि उनको स्वास्थ्यमा जटिलता आएको छ।

स्वास्थ्य जटिलताका कारण सीताको मेडिसिटी अस्पतालको आईसीयूमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ।

उनको तीन दिनदेखि अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको हो। उनमा निमोनियासमेत देखिएको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया