
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४५४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २० हजार ३ सय ५९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।मन्त्रालयका अनुसार ५५७१ पिसिआर परीक्षणबाट र २८८३ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा ४४३३ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
प्रतिक्रिया