Pura Samachar

नागालैंडले पनि मनायो गणतन्त्र दिवस

प्रकाशित: January 26, 2022
पूरा समाचार

नागालैंडले पनि मनायो गणतन्त्र दिवस

डा. हरिमोहन पोखरेल
कोहिमा /भारतको अन्य ठाउँमा मनाए सरह नागालैंड राज्यले पनि गणतन्त्र दिवस मनाएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार मुख्य अतिथिको आसनबाट बोल्दै राज्यका मुख्यमन्त्री श्री नेफयू रियोले भने कि राज्यमा एकल जातिगत जिल्ला स्थापना गर्ने रहर छैन ।फेरि पनि लामो माॅगलाई मध्यनजर राख्दै चिमिनयू, चुमुकेदेमा र न्यूलैंड जिल्ला बनाउनु पर्यो ।आगामी दिनहरूमा अब सरकारले नवीन जिल्ला बनाउने छैन ।
राज्यमा बढ्दो अफसपा निष्कासनको माॅगलाई स्पष्ट पार्दै मुख्यमंत्रीले भने कि केन्द्र सरकारले यस बारे गहन अध्ययन गरी रहेछ र निकट भविष्यमा यसको संशोधन हुनेछ र सही नतिजा सामने आउने छ ।
उनले अगाडि भने कि सरकारले विकास तर्फ ध्यान दिनुपर्ने बेला आएको छ ।जसले राज्यलाई अगाडि बढाउन सफल हुने छ ।
मुख्यमन्त्रीले अगाडि भने कि आज हाम्रो राज्यमा चारवटा पद्मश्री पुगेका छन ।जुन हाम्रो लागि गर्वको कुरा हो ।हामीहरूले यस्ता सकारात्मक कार्यबाट प्रेरणा लिनुपर्ने हुन्छ ।
उनले राज्यको सेकरेटेरिएट प्लाजामा आयोजित गणतन्त्र दिवस समारोहमा विभिन्न कंटिनजेनटको सलामी लिए ।
नागालैंड पुलिस, असम राइफल्स र एनसीसी केडेटहरूले परेडमा भाग लिएका थिए भने विभिन्न विभागहरूविभागहरूका स्टलहरूले समारोहलाई भव्यता प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया