
काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) को राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त हुनुभएकाे छ । आचार्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गर्नुभएकाे हाे ।
संसदीय सुनुवाइ प्रक्रिया पूरा भएसँगै सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गर्नुभएकाे शितल निवासले जानकारी दिएकाे छ ।
संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले आचार्यलाई आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएर उहाँलाई बेलायतको राजदूतमा नियुक्त गरेको थियो ।
प्रतिक्रिया