Pura Samachar

२४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,१० जनाको मृत्यु ,५ हजार ४३२ जना संक्रमित निको

प्रकाशित: January 28, 2022
पूरा समाचार

२४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,१० जनाको मृत्यु ,५ हजार ४३२ जना संक्रमित निको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर १३ हजार ७९१ जनामा आरटी–पीसीआर गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार २० जना गरी आज ६,८२७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ४४ हजार ७४ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६८७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४३२ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४२ हजार ४३६ जना पुगेको छ । यो कुल संक्रमितको ८९.२ प्रतिशत हो ।

अघिल्लो दिन देशभर ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १५ जनाको मृत्यु तथा ५ हजार २९२ जना संक्रमणमुक्त भएका थिए ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५१ लाख ९९ हजार ४९५ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ८९ हजार ९४१ जना आइसोलेसन र १६५ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया