
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्नेछ ।
सत्तागठबन्धन स्थानीय तहको निर्वाचन सार्ने तयारीमा रहेका बेला एमालले जनसंगठनको बैठक बोलाएर दबाबका कार्यक्रम अगाडी सार्ने बताइएको छ ।
बैठकमा सबै जनसंगठनका राष्ट्रिय अधिवेशन र सम्मेलन आयोजनाका विषयमा पनि छलफल हुनेछ ।
चितवनमा सम्पन्न एमालेले १०औं महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण भएको थियो । बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुने छन् ।
प्रतिक्रिया