Pura Samachar

धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

प्रकाशित: January 29, 2022
पूरा समाचार

धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

काठमाडौं । धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

जनकपुर उपमहानगरपालिका-१८ महुवामा शुक्रबार राति ज ११ प ७९७३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी सवार महोत्तरीको बर्दिबास नगरपालिका-१३ का ३० वर्षीय बिरेन्द्र दासको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक संजय राउत गम्भीर घाइते भएका छन् । उनको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया