
डा. हरिमोहन पोखरेल
कोहिमा /भारतीय मौसम विज्ञान विभागबाट प्राप्त समाचार अनुसार नागालैंडको मौसममा अझै पनि गिरावट देखिने कुरा समाचारले जनाएको छ ।
विभागले अगाडि जनायो कि राज्यका केही भागहरू जस्तै माउन्ट सारामति र साइन्स कलेजमा केही मात्रामा हिमपात भएको छ भने अगामी दिनहरूमा शुन्य डिग्री सम्म हुने र ज्यादै चिसो हुने संभावना छ ।
अहिले सम्मको मौसमको जानकारीमा दुइ देखि तीन डिग्री रहेको छ ।जो निकट भविष्यमा अझै कम्तिमा रहने छ ।
विभागका अनुसार मानिसहरूले चिसोबाट बाँच्नको लागि तातो चीजको प्रयोग गर्ने र घरबाट आवश्यक काम परे मात्र घरबाट बाहिर निस्किन सक्ने कुरा गरेको छ ।
हेर्दै जाऔ नागालैंडमा अहिले सम्मको मौसम चीसो नै रहेको छ भने आउने भविष्यमा कसरी सुधार होला ।त्यो त आउने भविष्य नै बताउला ।
प्रतिक्रिया