
काठमाडौं । संविधान सभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ ।
केही समय अघि मिर्गौला प्रत्यारोपण गर्नुभएका डा. थापाको ह्याम्स अस्पताल काठमाडौंमा हिजो साँझ निधन भएको हो । अर्घाखाँची घर भएका डा. थापा एमालेका तर्फबाट संविधान सभा सदस्य निर्वाचित हुनु भएको थियो । उहाँ संविधान सभा २०७० को निर्वाचनमा अर्घाखाँची २ बाट निर्वाचित हुनुभएको थियो ।
एमाले विभाजनपछि उहाँ नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगको सदस्य समेत हुनुुहुन्थ्यो ।
उहाँको निधनप्रति समवेदना प्रकट गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले थापाको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।
प्रतिक्रिया