
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार देशभर ११ हजार ५ सय ८२ जनाको परीक्षणमा थप ३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
मन्त्रालयका अनुसार २ हजार २ सय ५ जनामा पीसीआर विधिबाट र १ हजार ४ सय ३२ एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएकाे हाे ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ५ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, देशभर थप १२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । हाल नेपालमा ६९ हजार २ सय ९१ जना कोरोनाका सक्रिय संक्रमित रहेकाे मन्त्रालयकाे भनाइ छ।
प्रतिक्रिया