Pura Samachar

जनमत पार्टीका कार्यकर्ताले बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा मधेश प्रदेश हुँदै पूर्व पश्चिम जाने आउने लामो दूरीका यातायातका साधन रोकिए

प्रकाशित: February 3, 2022
पूरा समाचार

जनमत पार्टीका कार्यकर्ताले बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा मधेश प्रदेश हुँदै पूर्व पश्चिम जाने आउने लामो दूरीका यातायातका साधन रोकिए

जनमत पार्टीका कार्यकर्ताले बिहानैदेखि टायर बालेर सडक अवरुद्ध गर्नुका साथै प्रदर्शन समेत गरेका छन् । प्रदर्शनका कारण सप्तरी, सिराहा, धनुषालगायत जिल्लामा यातायात प्रभावित बनेको छ । बाँसका भाटा बोकेका कार्यकर्ता सडकमा घुमिरहेका देखिएका छन् ।

राजमार्ग अवरुद्ध हुँदा मधेश प्रदेश हुँदै पूर्व पश्चिम जाने आउने लामो दूरीका यातायातका साधन रोकिएका छन् । राजमार्ग क्षेत्रमा ब्यापक रुपमा प्रहरी पनि परिचालन गरिएको छ ।

जनमत पार्टीले किसानलाई मलखाद, सिँचाइ सुविधा र किसानलाई पेन्सनको ब्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेर सडक प्रदर्शन गर्दै आएको छ ।

तर, अन्य राजनीतिक दलहरुले भने मधेश प्रदेशमा आफ्नो राजनीतिक स्थान बनाउन उक्त पार्टीले आन्दोलन सुरु गरेको आक्षेप लगाउने गरेका छन् ।

प्रतिक्रिया