Pura Samachar

सुनचाँदीको मूल्य घटयो

प्रकाशित: February 4, 2022
पूरा समाचार

सुनचाँदीको मूल्य घटयो

काठमाडौँ । साताको छैठौं दिन आज (शुक्रबार) बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (बिहीबार) प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार २ सयले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया