Pura Samachar

नेपाल सरकारले एमसीसी सम्झौतामा संशोधनका विषयमा भने केही नखुलाएको:उपाध्यक्ष फातिमा सुमार

प्रकाशित: February 6, 2022
पूरा समाचार

नेपाल सरकारले एमसीसी सम्झौतामा संशोधनका विषयमा भने केही नखुलाएको:उपाध्यक्ष फातिमा सुमार

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ले संयुक्त रूपमा पत्र लेखी १६ फागुनभित्र एमसीसी पारित गर्ने प्रतिबद्धता जनाएकोमा अमेरिकी सहयोग नियोग मुख्यालयले धन्यवाद ज्ञापन गरेको छ ।

गत २९ सेप्टेम्बर अर्थात् १३ असोजमा ५ महिनाभित्र सो सम्झौता पारित गर्ने प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले लिखित प्रतिवद्धता जनाएकाले सो सम्झौता पारित हुनेमा आशावादी रहेको एमसीसी मुख्यालयको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा सुमारले खुलाएकी छिन् । उनले नेपाल सरकारले एमसीसी सम्झौतामा संशोधनका विषयमा भने केही नखुलाएको जनाएकी छिन् ।

उपाध्यक्ष सुमारले एमसीसी सम्झौता १६ फागुन अर्थात् २८ फेब्रुअरी २८ भित्र अनुमोदन गर्नुपर्ने अमेरिकी सर्तका बारेमा चर्चा भइरहेका बेला सुमारले यो समयसीमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै तोकेको बताइन् ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको सो प्रतिबद्धतापछि एमसीसी मुख्यालयले धन्यवाद दिँदै गत शुक्रबार अर्थात् २१ माघ २१ एमसीसीले पत्र पठाएको जानकारी पनि उनले दिइन् ।

‘उहाँहरूको प्रतिबद्धतालाई लिएर एमसीसीले धन्यवाद पनि दिएको छ । साथै, सम्झौताअनुसार पूरा हुने परियोजनाले नेपालका २ करोड ३० लाख अर्थात् करिब ८० प्रतिशत जनसंख्याको जीवनमा सकारात्मक प्रभाव पार्नेछ भन्ने जनचेतना विस्तार गर्ने उहाँहरूको योजनालाई पनि एमसीसीले कदर गरेको छ’, स‘प्रधानमन्त्री (देउवा) र अध्यक्ष (प्रचण्ड) ले सेप्टेम्बर २९ (असोज १३) मा पठाएको पत्रमा ५ महिनाभित्रमा सम्झौता अनुमोदन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ उनले भनिन्, ‘उहाँहरूको अनुरोधअनुसार ५ महिनाको समयावधि फेब्रुअरी २८ मा सकिन्छ । हामी उक्त दिनभित्र सम्झौता अनुमोदन भएको हेर्न चाहन्छौं  ।’

प्रतिक्रिया