Pura Samachar

२४ घण्टामा १९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि ,११ जनाको मृत्यु

प्रकाशित: February 9, 2022
पूरा समाचार

२४ घण्टामा १९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि ,११ जनाको मृत्यु

काठमाडौं, माघ  । देशभर पछिल्लो २४ घण्टामा १९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा ११८४ र ४ हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ जनामा कोरोना पुष्टि भएको हो ।

मंगलबार ५१०३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

यस्तै, गत २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ ।

हाल देशभरी ३६ हजार १८१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया