Pura Samachar

भोलि माघ २८ गते शुक्रबारदेखि दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गर्न पाउने

प्रकाशित: February 10, 2022
पूरा समाचार

भोलि माघ २८ गते शुक्रबारदेखि दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गर्न पाउने

काठमाडौं- भोलि माघ २८ गते शुक्रबारदेखि दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गर्न पाउने भएका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयको माघ २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पुजा र ध्यान गराउने प्रावधान भएकाले २८ गतेदेखि खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुला गर्ने निर्णय भएको विकास कोषले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

विश्‍व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार भक्तजनलाई दर्शन गर्न दिने कोषले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्राेन बढेपछि सरकारले केही साता अघिदेखि पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द गरिएको थियो ।

प्रतिक्रिया