Pura Samachar

लिभरपुलको जित

प्रकाशित: February 11, 2022
पूरा समाचार

लिभरपुलको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा लिभरपुलले लेस्टर  सिटीलाई २-० गोल अन्तरले हराएको हो ।

लिभरपुलको जितमा डिएगो जोटाले दुई गोल गरे ।

खेलको ३४ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

 

त्यसपछि खेलको ८७ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

यस जितसँगै लिभरपुलले २३ खेलमा ५१ अंक जोडेको छ ।

लिभरपुल दोस्रो स्थानमा रहेको छ ।

लेस्टर २६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया