Pura Samachar

पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागिआजबाट खुल्यो

प्रकाशित: February 11, 2022
पूरा समाचार

पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागिआजबाट खुल्यो

काठमाडौं । कोरोना भाइरस महामारीका कारण झन्डै एक महिनादेखि बन्द गरिएको पशुपतिनाथ मन्दिर शुक्रबारबाट दर्शनार्थीका लागि खुलेको छ ।

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान कायम गरेपछि मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिनुभयो ।

सरकारबाट जारी भएका स्वास्थ्य मापदण्ड पालना गरेर मन्दिर दर्शनार्थीका लागि खोलिएको उहाँले बताउनुभयो । दर्शनार्थीले मास्क अनिवार्य गरिएको पनि उहाँले बताउनुभयो ।

५ माघदेखि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो ।

प्रतिक्रिया