
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता भएको छ ।
सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आज बिहान महाअभियोग दर्ता गरेका हुन् ।
प्रधानन्यायाधीशको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसियन लगायतले तीनमहिना लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।
आइतबार बिहान ९८ सांसदको हस्ताक्षरसहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुग्नुभएको थियो ।
महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न संसद् सचिवालय पुग्नुभएको हो ।
प्रतिक्रिया