
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
अमेरिकाले फेब्रुअरी अन्तिमसम्म एमसीसी पारित गर्न दबाब दिइरहेको बेला आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिइरहेको छ । तर, यसबारे सत्तारुढ गठबन्धनमा नै मतभेद रहेको छ ।
एमसीसीको विषयलाई लिएर भएको उक्त भेटवार्तामा प्रधानमन्त्री देउवाले संसदमा एमसीसी टेबल गरेर अघि बढ्नुपर्ने पुरानै अडान दोहोर्याउनुभएको थियो । तर दाहाल र नेपालले भने संशोधनबिना अघि बढाउन उचित नहुने पूर्ववत अडान राख्नुभएको जनाइएको छ ।
तीन नेताबीच हिजो पनि छलफल भएको थियो । हिजो पनि नेताहरुले आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो ।
प्रतिक्रिया