Pura Samachar

जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबसँग बराबरीमा

प्रकाशित: February 15, 2022
पूरा समाचार

जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबसँग बराबरीमा

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबसँग बराबरीमा रोकिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेल फ्रेन्ड्स क्लबसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।

जावलाखेलका लागि लोईक एन्जीमी कोउहिमले दुई गोल गरे । यस्तै रुप बहादुर लामाले एक गोल गरे ।

फ्रेन्ड्सका जमउल एन्थोनी फ्रान्सिओसले दुई गोल गरे । नाथनियल जुड ग्रासियाले एक गोल गरे ।

रोमान्चक बनेको खेलमा जावलाखेलविरुद्ध ३-० गोलको अग्रता उल्टाएर फ्रेन्ड्सले बराबरी खेलेको हो ।

यस बराबरीसँगै जावलाखेलले ११ खेलमा १० अंक जोडेको छ ।

जावलाखेल ११ औं स्थानमा रहेको छ ।

फ्रेन्ड्सले ११ खेल ७ अंक जोडेको छ ।

फ्रेन्ड्स १२ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया