Pura Samachar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव श्याम प्रसाद भण्डारीलाई

प्रकाशित: February 15, 2022
पूरा समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव श्याम प्रसाद भण्डारीलाई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव श्याम प्रसाद भण्डारीलाई दिइएको छ।

आज (मंगलबार)देखि लागू हुने गरी सहसचिव भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको आयोगले जनाएको छ।

‘आजैका मितिदेखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव श्याम प्रसाद भण्डारीलाई तोकिएको छ’अख्तियारले विज्ञप्तिमा जनाएको छ ।

यसअघि आयोगका प्रवक्ता सहसचिव नारायण प्रसाद रिसाल रहेका थिए ।

प्रतिक्रिया