Pura Samachar

सरकारले केही जग्गाहरूलाई दियो छुट, रातिको कर्फ्यु हट्यो

प्रकाशित: February 15, 2022
पूरा समाचार

सरकारले केही जग्गाहरूलाई दियो छुट, रातिको कर्फ्यु हट्यो

डा. हरिमोहन पोखरेल

कोहिमा /नागालैंड सरकारको गृह विभाग द्वारा जारी एउटा विज्ञप्तिले जनाएको छ कि आगामी एक मार्चबाट सबै सामाजिक र धार्मिक स्थलहरूमा शत प्रतिशत भाग लिन सकिने छ ।
विज्ञप्तिले अझै अगाडि जनायो किराज्यको आंतरिक तथा बाह्य आवाजाहीमा पनि शत प्रतिशत यात्रुहरूले यात्रा गर्न पाउने छन तर उनीहरूले बहतर घंटा पहिले नै एआरटी टेस्टको रिपोर्ट जम्मा गर्नुपर्ने छ या दोस्रो खोप लगाएको हुनुपर्ने छ ।
प्री प्राइमरी स्कुलहरूका नानीहरूलाई ध्यानमा राख्दै सरकारले उनीहरूले पचास प्रतिशत उपस्थित गराएर अध्ययन गर्न पाउने छन ।जसमा अभिभावकहरूको स्वीकृति भने आवश्यक पर्ने छ ।
विज्ञप्तिले अझै अगाडि जनाएको छ कि रातीको कर्फ्यू भने पूर्ण रूपमा हटाइएको छ ।जुन राती नौ बजेबाट बिहान पाँच बजे सम्म थियो ।
विज्ञप्तिले अझै अगाडि जनायो कि यस पल्ट हामीले होटेल, सोपिङ मल,क्रीडांगन लगायत दोकान र सब्जी पसलहरूमा पनि छुट दिएको छ ।तर जम्मै स्थलहरूमा शत प्रतिशत खोप लगाएको हुनुपर्ने छ र कोविदको प्रोटोकल भने कडा रूपमा फोलो गर्नुपर्ने छ ।
हेर्दै जाऔ सरकारको यो पहलकदमीले अवश्य पनि जनतालाई राहत दिने छ भन्दा फरक नपर्ला ।

प्रतिक्रिया