Pura Samachar

पिएसजीले रियल मड्रिडमाथि १–० काे संघर्षपूर्ण जित

प्रकाशित: February 16, 2022
पूरा समाचार

पिएसजीले रियल मड्रिडमाथि १–० काे संघर्षपूर्ण जित

काठमाडौं, फागुन ४

इन्जुरी समयमा युवा स्टार केलियन एमबाप्पेले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा फ्रेन्च क्लब पिएसजीले संघर्षपूर्ण जित निकालेको छ । नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा पिएसजीले स्पेनिस क्लब रियल मड्रिडमाथि १–० को कठिन जित निकालेको हो । यससँगै पिएसजीले क्वार्टरफाइनल प्रवेशको ढोका खोलेको छ । तर, अर्को महिना हुने दोस्रो लेगको खेल निर्णायक हुनेछ ।

महत्त्वपूर्ण समयमा पाएको पेनाल्टी सुपरस्टार लिओनल मेस्सीले मिस गरेपछि खेल निराशाजनक गोलरहित बराबरी नजिक पुगेका बेला एमबाप्पेले खेलको ९४औं मिनेटमा गोल गरेपछि पिएसजीले पहिलो लेगमा कठिन तर महत्त्वपूर्ण जित हात पार्न सफल भयो । पिएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेस रंगशालामा भएको खेलमा पिएसजीले पहिलो रोजाइको तुफानी टिम उतारे पनि पेरिसमा अपेक्षा अनुसार आँधी–तुफान केही पनि चलेन ।

प्रतिक्रिया