Pura Samachar

इमर्जिङ नेपालको साधारण सेयर (आइपीओ) आज बाँडफाँट हुदै

प्रकाशित: February 16, 2022
पूरा समाचार

इमर्जिङ नेपालको साधारण सेयर (आइपीओ) आज बाँडफाँट हुदै

काठमाडौं । इमर्जिङ नेपालको साधारण सेयर (आइपीओ) आज बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आज ३ः३० बजे बाँडफाँट हुने छ ।

कम्पनीले माघ २६ गतेबाट आइपीओ निकष्काशन गरेको थियो । प्रति कित्ता १०० रुपैयाँको दरले निष्काशन गरेको ५ लाख ५५ हजार ६०० कित्ता आइपीओमा २ अर्ब ७९ करोड ३६ लाख ३६ हजार रुपैयाँको आवेदन परेको छ ।

२४ लाख २५ हजार ५३१ जनाले २ करोड ७९ लाख ३६ हजार ३६०० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले गरेको निष्काशनमध्ये ११ हजार ११२ कित्ता सेयर कर्मचारी, २७ हजार ७८० कित्ता म्युचुअल फन्ड र बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणको लागि रहेको थियो ।

प्रतिक्रिया