Pura Samachar

पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि, ३ संक्रमितकाे मृत्‍यु

प्रकाशित: February 16, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि, ३ संक्रमितकाे मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएकाेमा ६३९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै, साेही अवधिमा थप ३ संक्रमितकाे मृत्‍यु भएको मन्त्रालयले जानकारी दिएकाे छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया