Pura Samachar

श्रेयस ऐयर इन्डियन प्रिमियर लिग (आईपीएल) टिम कोलकाता नाईटराईडर्सको कप्तान चयन

प्रकाशित: February 16, 2022
पूरा समाचार

श्रेयस ऐयर इन्डियन प्रिमियर लिग (आईपीएल) टिम कोलकाता नाईटराईडर्सको कप्तान चयन

काठमाडौं । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान श्रेयस ऐयर इन्डियन प्रिमियर लिग (आईपीएल) टिम कोलकाता नाईटराईडर्सको कप्तान चयन भएका छन् ।

१५ औं संस्करणको आईपीएलका लागि कोलकाताले ऐयरलाई कप्तान नियुक्त गरेको हो ।

आईपीएल मार्चका अन्त्यबाट सुरु हुने अपेक्षा गरिएको छ ।

ऐयरलाई कोलकाताले १२ करोड २५ लाख भारतीय रुपैयामा टिममा भित्र्याएको थियो ।

यस अघि ऐयरले दिल्ली क्यापिट्ल्सको कप्तानी गरिसकेका छन् ।

प्रतिक्रिया