
दलहरूबीच सहमती नजुटेपछि अमेरिकी सहयोग परियोजना (एमसीसी) आज पनि संसद्मा टेबल नहुने भएको छ ।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति नजुटेपछि एमसीसी टेबल नहुने भएको हो।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व २०७७/७८ पेश गर्ने मात्र कार्यसूची रहेको छ।
यद्यपी आजको बैठक पनि एमालेले संसद् अवरोध गर्ने भएको छ।
कार्यव्यस्था परामर्श समितिको बैठकअघिनै बसेको सत्ता गठबन्धनमा आबद्ध पाँच दलका नेताको बैठकमा आज एमसीसी टेबल नगर्ने सहमति गरेका थिए।
प्रतिक्रिया