
काठमाडौँ । आईसीसी ट्वेन्टी–ट्वेन्टी क्रिकेट ग्लोबल क्वालिफायर अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल र फिलिपिन्सबीच अहिले प्रतिस्पर्धा जारी छ ।
ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा फिलिपिन्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।
विश्वकप क्वालिफायर ए अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले शुक्रबार भएको आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो। शुक्रबार नै फिलिपिन्स क्यानडासँग ११८ रनले पराजित भएको थियो।
ग्लोबल क्वालिफायर ए मा रहेका ८ टोलीलाई दुई समूहमा राखेर प्रतियोगिता भइरहेको हो। समूह ‘ए’ मा यूएई, आयरल्याण्ड, जर्मनी र बहराइन छन्। दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन्।
प्रतिक्रिया